images
images
  • कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

    काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले तरकारी, फलफूल, हरियो सागपात, च्याउ तथा मसलाजन्य वस्तुको मूल्य सार्वजनिक गरेको हो।

    समितिका अनुसार ठूलो गोलभेँडा नेपालीको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ र भारतीयको ८० रुपैयाँ तोकिएको छ। सानो गोलभेँडा लोकल ४० रुपैयाँ तथा टनेलको ५७ रुपैयाँ छ।

    आलु रातो लाम्चोको मूल्य प्रतिकिलो ५१ रुपैयाँ, रातो गोलो र मुढेको ५३ रुपैयाँ, भारतीय रातो आलुको ४० रुपैयाँ तथा सेतो आलुको ३७ रुपैयाँ निर्धारण गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ तोकिएको छ।

    गाजर लोकलको मूल्य प्रतिकिलो १२० रुपैयाँ र तराईको ८० रुपैयाँ छ। स्थानीय काउली १०० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, रातो मूला र सेतो हाइब्रिड मूलाको ३० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ। लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ रहेको छ।

    बोडी तने प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, लोकल घिउ सिमी ९० रुपैयाँ र हाइब्रिड घिउ सिमी ८० रुपैयाँ तोकिएको छ। भटमास कोसा १२० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ६० रुपैयाँ, चिचिण्डो र घिरौँला ३० रुपैयाँ तथा भिन्डी ६० रुपैयाँ प्रतिकिलो रहेको छ।

    सागपाततर्फ रायोको साग प्रतिकिलो १३० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १०० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ निर्धारण गरिएको छ। कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ।

    कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, निउरो १०० रुपैयाँ, ब्रोकाउली १६० रुपैयाँ, सजीवन ३०० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले १ हजार ५०० रुपैयाँ र पुदिना ५०० रुपैयाँ रहेको छ।

    फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २५० रुपैयाँ, अनार ३५० रुपैयाँ तथा मालदह आँप २८० रुपैयाँ तोकिएको छ।

    चोसा आँप प्रतिकिलो २५० रुपैयाँ, हरियो तरबुजा ६० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो ५० रुपैयाँ र रुख कटहर ६० रुपैयाँ निर्धारण गरिएको छ। लोकल नास्पाती ९० रुपैयाँ र चिनियाँ नास्पाती २०० रुपैयाँ प्रतिकिलो रहेको छ।

    नेपाली मेवा प्रतिकिलो ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, लप्सी ६० रुपैयाँ, अमला २८० रुपैयाँ, एभोकाडो ५०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल १७० रुपैयाँ तोकिएको छ। नेपाली ड्रागन फलको मूल्य प्रतिकिलो ५०० रुपैयाँ रहेको छ।

    मसलाजन्य वस्तुमा अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ७० रुपैयाँ, माछे खुर्सानी ६० रुपैयाँ तथा अकबरे खुर्सानी ३०० रुपैयाँ तोकिएको छ। हरियो धनियाँ प्रतिकिलो ३५० रुपैयाँ र सुकेको चिनियाँ लसुन २४० रुपैयाँ रहेको छ।

    सुकेको नेपाली लसुन प्रतिकिलो २०० रुपैयाँ, सुकेको छ्यापी २०० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ तोकिएको छ। ताजा रहु माछाको मूल्य प्रतिकिलो ३७० रुपैयाँ तथा बचुवा र छडी माछाको ३३० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।

    समितिले निर्धारण गरेको मूल्य कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य हो। खुद्रा बजारमा भने ढुवानी, गुणस्तर तथा अन्य लागतका आधारमा मूल्य फरक पर्न सक्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images