images
images
  • सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढ्यो

    काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ३ सय ७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    स्थानीय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा प्रतितोला सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images