images
images
  • नेपाल टेलिकमको नाफा ४७.५८ प्रतिशतले बढ्यो

    काठमाडौं– नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.५८ प्रतिशतले बढी हो ।

    अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो ।

    कम्पनीको करअघिको नाफा पनि ३४.६६ प्रतिशतले बढेर १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

    कुल सञ्चालन आय ३.१२ प्रतिशतले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

    ब्याज आम्दानी २२.८८ प्रतिशतले घटे पनि मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।

    जिएसएम सेवाको राजस्व मात्रै ६४ करोड ५४ लाख रुपैयाँले बढेको छ ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४९ रुपैयाँ २५ पैसा रहेको छ ।

    नेपाल टेलिकमले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार र दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच बढाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images