काठमाडौं– अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।
गत असार मसान्तसम्म कम्पनीले ७ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १६ करोड ९० लाख रुपैयाँको तुलनामा ५२ दशमलव ८७ प्रतिशत कम हो।
कम्पनीका अनुसार विद्युत बिक्री आम्दानीमा सामान्य गिरावट आउनु र खर्चमा उल्लेखनीय वृद्धि हुनु नाफा घट्नुको मुख्य कारण हो।
समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ३ प्रतिशतले घटेको छ भने कुल नाफा २ दशमलव ३९ प्रतिशतले कमी आएको छ। वित्तीय खर्च १२ दशमलव ५२ प्रतिशतले बढेको छ भने कुल खर्च ४९ दशमलव ८६ प्रतिशतले वृद्धि भएको छ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २ रुपैयाँ २९ पैसा घटेर २ रुपैयाँ ५ पैसामा झरेको छ।
असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७७ पैसा कायम भएको छ भने मूल्य–आम्दानी अनुपात १२१ दशमलव ७५ गुणा पुगेको छ।
३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी ६ करोड ८९ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
विद्युत बिक्री आम्दानीमा कमी, वित्तीय खर्चमा वृद्धि र कुल खर्च तीव्र रूपमा बढेकाले कम्पनीको नाफा र प्रतिशेयर आम्दानी दुवैमा दबाब परेको विश्लेषकहरूको भनाइ छ।


विश्व खबर 




















