images
images
  • प्रभु बैंकको आकर्षक घर र सवारी कर्जा योजना, घर कर्जामा ३ करोडसम्म सुविधा

    काठमाडौं–  प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यका साथ नयाँ घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ ।

    बैंकका अनुसार घर कर्जाअन्तर्गत अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा लिन सकिनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने व्यवस्था गरिएको छ । सेवा शुल्क ० दशमलव ५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ० दशमलव ५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।

    यो सुविधा देशभर रहेका बैंकका ३०० शाखामार्फत उपलब्ध हुनेछ । योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, मर्मतसम्भार तथा घर निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच प्रदान गरिने बैंकले उल्लेख गरेको छ ।

    यसैगरी प्रभु बैंकले व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको सवारी कर्जा सुविधा पनि ल्याएको छ । यस योजनामा पनि सेवा शुल्क ० दशमलव ५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ० दशमलव ५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ ।

    बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजात पेश भएको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराइनेछ ।

    छिटो, सरल र पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न बैंक निरन्तर प्रयासरत रहेको जनाएको छ । दुवै कर्जा योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images