images
images
  • प्रि–ओपन सेसनमा नेप्से २ अंक घट्यो, कारोबार १ करोड ४५ लाख रुपैयाँ

    काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ८ दशमलव ८१ अंकले बढेर २६५१ दशमलव २१ विन्दुमा बन्द भएको नेप्से शुक्रबार प्रि–ओपन सेसनमा २ दशमलव १० अंकले घटेर २६४९ दशमलव ११ विन्दुमा झरेको हो ।

    यस अवधिमा सेन्सेटिभ परिसूचक पनि ० दशमलव ८६ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ६१ वटा स्टकको १२२ पटक कारोबार हुँदा कुल १ करोड ४५ लाख ५७ हजार ३८ रुपैयाँ बराबरको २६ हजार ८४ कित्ता शेयर किनबेच भएको छ ।

    कारोबार भएका स्टकमध्ये २० वटाको मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेको छ। बाँकी ६ वटा स्टकको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । प्रि–ओपन सेसनमा अधिकांश स्टकको मूल्य घटेसँगै बजारमा प्रारम्भिक दबाब देखिएको हो। अब नियमित कारोबारमा लगानीकर्ताको गतिविधिले बजारको दिशा तय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images