images
images
  • प्रभु बैंक र सःत्वा हस्पिटालिटीबीच विशेष छुट सम्झौता, ग्राहकले पाउनेछन् १५ प्रतिशतसम्म छुट

    काठमाडौं– कीर्तिपुरस्थित सःत्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    कीर्तिपुर नगरपालिका–३ सागलस्थित सःत्वा हस्पिटालिटी प्रालि र प्रभु बैंकबीच भएको सम्झौतामा बैंकका ग्राहक तथा कर्मचारीले सःत्वाका सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्ने भएका हुन् ।

    सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट केन्द्रिय व्यवसाय केन्द्र प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जनले हस्ताक्षर गरेका थिए । सःत्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल तथा सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका हुन् ।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले वैध परिचयपत्रको आधारमा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सःत्वाको सेवा तथा सुविधा उपयोग गर्दा प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    प्रभु बैंकले हाल देशभर रहेका ३०० शाखा कार्यालय, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित गुणस्तरीय सेवा विस्तार गर्दै अघि बढिरहेको उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images