images
images
  • हिमालयन डिष्टिलरीको नाफा २८ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ नाघ्यो

    काठमाडौं– हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ ।

    कम्पनीले गत असार मसान्तसम्म १ अर्ब २० करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ९४ करोड १४ लाख रुपैयाँको तुलनामा २८ दशमलव १४ प्रतिशत बढी हो ।

    बिक्री आम्दानीमा आएको वृद्धि कम्पनीको नाफा बढ्नुको मुख्य कारण बनेको देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १२ दशमलव ६७ प्रतिशत बढेर ८ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

    त्यस्तै, खुद बिक्री आम्दानी १७ दशमलव ८८ प्रतिशतले बढेको छ भने कुल नाफा ४३ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ। सञ्चालन मुनाफा पनि ३१ दशमलव ९५ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

    नाफासँगै प्रतिशेयर आम्दानी पनि सुधारिएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८ पैसा बढेर ३२ रुपैयाँ ७१ पैसा पुगेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ३४ दशमलव ८५ गुणा कायम भएको छ।

    ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन डिष्टिलरीको अन्य इक्विटी १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। बिक्री, सञ्चालन मुनाफा र खुद नाफा तीनै क्षेत्रमा सुधार देखिएकाले कम्पनीको वित्तीय अवस्था अघिल्लो वर्षको तुलनामा बलियो भएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images