images
images
  • नाट्टाको नेतृत्वका लागि निर्वाचन हुँदै, ३ प्यानलबीच प्रतिस्पर्धा

    काठमाडौं– नेपालको पर्यटन व्यवसायको मुख्य संस्था नाट्टाको नेतृत्व चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ ।

    काठमाडौं– तीन वटा प्यानलले आगामी तीन वर्षका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    भरतजंग पाण्डे, जिश्वा तुलाधर श्रेष्ठ र युविका भण्डारीको नेतृत्वमा यी प्यानल रहेका छन् ।

    पाण्डेको प्यानलले सशक्त नाट्टा, समृद्ध पर्यटन भन्ने नाराका साथ गुटबन्दी तोड्ने र साना व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

    श्रेष्ठको टिमले डिजिटल रूपान्तरण र स्मार्ट तथा सुरक्षित संस्था बनाउने एजेन्डालाई प्राथमिकता दिएको छ ।

    भण्डारीको प्यानलले पर्यटन क्षेत्रलाई राज्यको मुख्य उद्योगका रूपमा स्थापित गर्ने र नीतिगत लबिइङ गर्ने योजना अघि सारेको छ ।

    यस पटकको निर्वाचनलाई परम्परा र नवीनताबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

    काठमाडौंको सोल्टी होटलमा भइरहेको अधिवेशनमा मतदान प्रक्रिया अघि बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images