काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। अघिल्लो दिन तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार एकैदिन ४ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
यससँगै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ।


विश्व खबर 




















