काठमाडौं– सरकारले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेपछि कम्पनीले गोपनीयता हनन भएको भन्दै कानुनी (सर्वोच्च अदालत) जाने चेतावनी दिएको छ ।
एनसेलका अनुसार संविधानको धारा २८, वैयक्तिक गोपनीयता ऐन, आयकर ऐन लगायतका कानुनले कम्पनीको सम्पत्ति, कारोबार र लिखत गोप्य रहने प्रत्याभूति दिएको छ ।
प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित दायर रिट उच्च अदालतले खारेज गरिसकेको अवस्थामा सोही प्रतिवेदन सार्वजनिक गर्नु अदालतको फैसलाविपरीत भएको कम्पनीको आरोप छ ।
एनसेलले यसबाट शेयरधनी, सञ्चालक तथा हितग्राहीको हक प्रभावित भएको र कानुनले निषेध गरेका कार्यबापत क्षतिपूर्तिसहित कानुनी कारबाही गर्ने स्पष्ट पारेको छ ।
साथै, यो कदमले अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास गुमाउने र नेपालको लगानी वातावरणमा दीर्घकालीन नकारात्मक असर पार्ने चेतावनी पनि दिइएको छ ।


विश्व खबर 




















