images
images
  • कार्यालय समयमा बिजुली र इन्टरनेट अवरुद्ध हुँदा पर्सा प्रशासन कडा, सेवा नियमित गर्न निर्देशन

    काठमाडौं–   जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफ्नो सेवा नियमित र भरपर्दो बनाउन निर्देशन दिएको छ । कार्यालय समयमा पटक–पटक विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा राजस्व सङ्कलनसहितका प्रशासनिक कार्य प्रभावित भएपछि प्रशासनले सेवा प्रदायक संस्थालाई गम्भीर ध्यानाकर्षण गराएको हो ।

    प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालयको दैनिक कामकाजमा समस्या उत्पन्न भएकाले विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

    “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ । केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ,” उहाँले भन्नुभयो ।

    प्रशासनका अनुसार सेवा अवरुद्ध हुँदा नागरिकले सेवा लिन ढिलाइ भोग्नुपरेको, राजस्व सङ्कलन प्रभावित भएको तथा अनलाइन प्रणालीमा आधारित कार्यहरूमा अवरोध सिर्जना भएको छ। त्यसैले सेवा प्रदायक संस्थाले कार्यालय समयमा निर्बाध र स्थिर सेवा उपलब्ध गराउनुपर्ने प्रशासनको जोड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images