काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्षको उद्घाटन गरेकी छन् ।
कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई सहज र सस्तो मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष स्थापना गरिएको हो ।
मन्त्री यादवले यसले सरकारी कर्मचारी र आमउपभोक्तालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहजता ल्याउने बताइन् ।
यस बिक्री कक्षबाट कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यान्न तथा उपभोग्य वस्तुहरू उपलब्ध हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















