images
images
  • सर्वोत्तम पेन्ट्सको सेयर कारोबार सुरु, पहिलो मूल्य नै ३०० रुपैयाँ कायम

    काठमाडौं–  सर्वोत्तम पेन्ट्स लिमिटेडको सेयर कारोबार बिहीबारदेखि दोस्रो बजारमा सुरु भएको छ । कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।

    पहिलो कारोबार ३०० रुपैयाँमा भएपछि अब नियमित कारोबार पनि सोही मूल्यलाई आधार मानेर सञ्चालन हुनेछ । कम्पनीको सेयर ‘एसएपिआइएल’ संकेतमा कारोबारका लागि खुला गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    कम्पनीको आइपिओ बुधबार नेप्सेमा सूचीकृत भएको थियो । सूचीकृत सेयरमध्ये सर्वसाधारणलाई वितरण गरिएको ८ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरूको २५ लाख ५० हजार कित्ता गरी कुल ३४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य रेञ्ज तोकेको थियो । नियमअनुसार नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि तीन गुणासम्म मूल्य सीमा निर्धारण गर्ने व्यवस्था छ  ।

    सर्वोत्तम पेन्ट्सको पहिलो कारोबार नै अधिकतम मूल्यमा भएकोले लगानीकर्तामा कम्पनीप्रति उच्च चासो रहेको संकेत देखिएको छ । अब नियमित कारोबारमा कम्पनीको मूल्य कस्तो गतिमा अघि बढ्छ भन्ने विषय बजारको ध्यानको केन्द्र बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images