images
images
  • सुनको भाउ फेरि घट्यो, चाँदीमा सामान्य वृद्धि

    काठमाडौं–  नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा हल्का वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

    सुनको मूल्य बुधबार पनि प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । लगातार दोस्रो दिन सुन सस्तिएको हो । उता चाँदीको मूल्य भने सामान्य बढेको छ। बुधबार प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ५० रुपैयाँ पुगेको छ। यसअनुसार चाँदी प्रतितोला ५ रुपैयाँले महँगिएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ४ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक परिवर्तन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images