काठमाडौं– कुमारी बैंक लिमिटेडको गढवा शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गतको बीमा सुविधाबमोजिम एक लाभग्राही परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।
बैंकका अनुसार गढवा गाउँपालिका–५ निवासी खुमान पौडेलको दुर्घटनाजन्य निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम मृतकका परिवारलाई उपलब्ध गराइएको हो ।
गढवा शाखाले शोकाकुल परिवारलाई आर्थिक सहारा पुग्ने विश्वासका साथ बीमा रकम हस्तान्तरण गरेको जनाएको छ। बैंकका प्रतिनिधिहरूले यस्ता बचत योजनासँग जोडिएका बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई कठिन समयमा राहत प्रदान गर्ने बताए ।
कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा जोडेर सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खाताले दुर्घटना वा अन्य जोखिमपूर्ण परिस्थितिमा परिवारलाई आर्थिक आधार प्रदान गर्नुका साथै भविष्यप्रतिको सुरक्षा भावना पनि बढाउने अपेक्षा गरिएको छ ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म बैंकिङ सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता योजनाहरू सञ्चालन गरिएको बैंकले जनाएको छ। यसले आर्थिक समावेशीकरणलाई थप मजबुत बनाउँदै आवश्यक परेको बेला ग्राहक तथा परिवारलाई प्रत्यक्ष वित्तीय सहयोग पुग्ने विश्वास बैंकको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत लाखौँ ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।
बैंकले शहरी, अर्धशहरी र ग्रामीण क्षेत्रसम्म सुरक्षित, सहज र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै ग्राहकको वित्तीय सुरक्षालाई थप सुदृढ बनाउन निक्षेप, बीमा तथा अन्य बैंकिङ सेवाहरू सञ्चालन गर्दै आएको जनाएको छ ।


विश्व खबर 




















