images
images
  • नेप्से सामान्य बढ्यो, साढे ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

    काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ०.५५ अंकले बढ्दा बजारमा ३ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

    नेप्सेका अनुसार आज १०२ कम्पनीको सेयर मूल्य बढेको, १६५ कम्पनीको घटेको र ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

    कारोबारका क्रममा माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। अन्य बढेका कम्पनीको वृद्धि ५.४८ प्रतिशतसम्म सीमित रहेको छ।

    घट्ने कम्पनीतर्फ आईसीएफसी फाइनान्सको ऋणपत्र १५ प्रतिशतले घटेको छ भने अपर लोहोरे खोला जलविद्युत् कम्पनीको सेयर मूल्य १४.९८ प्रतिशतले घटेको छ।

    आज सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको भएको छ। उक्त कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

    उपसमूहतर्फ वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी र सामूहिक लगानी कोष समूहका परिसूचक बढेका छन्। बाँकी अधिकांश उपसमूह भने घटेर बन्द भएका छन्।

    समग्र बजार सामान्य बढे पनि धेरै कम्पनीको सेयर मूल्य घटेकाले बजारमा मिश्रित अवस्था देखिएको विश्लेषकहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images