images
images
  • त्रिशक्ति सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

    काठमाडौं– त्रिशक्ति सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ४८) ले आफ्ना योग्य ग्राहकहरूका लागि मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी “मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२” तथा प्रचलित नियामकीय व्यवस्था बमोजिम सेवा सुरु गरेको जनाएको छ ।

    यस सुविधाअन्तर्गत धितोपत्र बोर्ड र कम्पनीले निर्धारण गरेका मापदण्ड तथा शर्तहरू पूरा गर्ने योग्य लगानीकर्ताले स्वीकृत सीमाभित्र रही मार्जिन कारोबार गर्न सक्नेछन् ।

    मार्जिन कारोबार सुविधा लिन इच्छुक लगानीकर्ताले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी मार्जिन कारोबार खाता (मार्जिन ट्रेडिङ अकाउन्ट) खोल्नुपर्ने कम्पनीले जनाएको छ।

    यो सेवा कम्पनीको मुख्य कार्यालय काठमाडौँसहित पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुर शाखाबाट उपलब्ध हुनेछ।

    कम्पनीका अनुसार मार्जिन सीमा, ब्याजदर, धितोपत्रका रूपमा राख्न सकिने योग्य शेयर, प्रारम्भिक तथा कायम राख्नुपर्ने मार्जिन र अन्य नियम तथा शर्तबारे विस्तृत जानकारी सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

    त्रिशक्ति सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएसँगै योग्य लगानीकर्तालाई थप लगानी क्षमता उपलब्ध हुने र पूँजी बजारमा कारोबार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images