images
images
  • एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटलबीच सम्झौता, ग्राहकलाई २० प्रतिशतसम्म छुट

    काठमाडौं– एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य तथा सौन्दर्यसम्बन्धी सेवामा विशेष छुट उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    सम्झौताअनुसार बैंकका ग्राहकले हस्पिटलमा सेवा लिँदा विभिन्न सेवामा अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन्।

    बैंकका अनुसार हेयर ट्रान्सप्लान्टेसन तथा रेस्ट्रोरेसन, छाला तथा सौन्दर्य उपचार, एस्थेटिक तथा बडी स्लिमिङअन्तर्गतका सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

    त्यस्तै, प्लास्टिक सर्जरीसम्बन्धी सेवामा ५ हजारदेखि १० हजार रुपैयाँसम्म छुट प्रदान गरिनेछ। औषधि, युएसजी, टीएमटी र ईसीजीजस्ता सेवामा १० प्रतिशत छुट सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

    ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (मो–बैंक), डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा लिन सक्नेछन्।

    बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवामा सहुलियत उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै नगदरहित कारोबार विस्तारमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images