काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेड (SAPIL) को आईपीओ बुधबार सूचीकृत भएको छ।
नेप्सेका अनुसार कम्पनीको कुल ३४ लाख कित्ता शेयर सूचीकृत गरिएको हो। यसमध्ये सर्वसाधारणलाई वितरण गरिएको ८ लाख ५० हजार कित्ता तथा संस्थापक शेयरधनीको २५ लाख ५० हजार कित्ता शेयर समावेश छन्।
सूचीकृत शेयर बिहीबार विशेष प्रि–ओपन सेसनमा कारोबारमा आउनेछ। त्यसपछि नियमित बजारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ।
पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ।
कम्पनीको शेयर ‘SAPIL’ टिकर संकेतमा कारोबार हुनेछ।
सर्वोत्तम पेन्ट्सको आईपीओ सूचीकृत भएसँगै अब लगानीकर्ताले दोस्रो बजारमा कम्पनीको शेयर किनबेच गर्न सक्ने भएका छन्। बजार विश्लेषकहरूका अनुसार पहिलो कारोबारको मूल्य निर्धारणले कम्पनीप्रति लगानीकर्ताको प्रारम्भिक आकर्षण र बजारको धारणा संकेत गर्नेछ।


विश्व खबर 




















