images
images
  • नाइमा मोबिलिटी एक्सपोमा शक्तिशाली एमजी मेजस्टर सार्वजनिक, मूल्य २ करोड ५० लाख रुपैयाँ

    काठमाडौं– नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा शक्तिशाली एमजी मेजस्टर एसयूभी सार्वजनिक गरिएको छ । भारतमा निर्मित यो गाडी जीओ अटोमोबाइलले नेपाली बजारमा भित्र्याएको हो ।

    कम्पनीले एक्स्पोमा प्रदर्शन गरेको एमजी मेजस्टर २.० लिटर ट्विन टर्बोचार्ज्ड डिजेल इन्जिनमा उपलब्ध छ । उक्त इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

    शक्तिशाली प्रदर्शनका कारण चर्चामा रहेको मेजस्टरले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर विश्व कीर्तिमान कायम गरेको दाबी गरिएको छ । नेपालमा प्रदर्शन भएपछि पनि यो एसयूभीले अवलोकनकर्ताको विशेष ध्यान आकर्षित गरिरहेको छ ।

    कम्पनीले एमजी मेजस्टरको नेपाली बजार मूल्य २ करोड ५० लाख रुपैयाँ निर्धारण गरेको छ ।

    अफरोड क्षमता यसको मुख्य विशेषता रहेको कम्पनीको भनाइ छ । गाडीमा १० वटा अफरोड मोड, फोर ह्विल ड्राइभ प्रणाली, अगाडि–पछाडि र बीचमा ट्रिपल डिफरेन्सियल लक, क्रल कन्ट्रोल तथा २१९ एमएम ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।

    कम्पनीका अनुसार मेजस्टरलाई ८१० एमएम गहिरो पानीमा समेत चलाउन सकिन्छ। गाडीमा ८ स्पिड अटोमेटिक गियरबक्स जडान गरिएको छ ।

    एमजी मेजस्टर रियर ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध हुनेछ। यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, उचाइ १,८७६ एमएम तथा ह्विलबेस २,९५० एमएम रहेको छ ।

    नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा विशेषगरी ठूलो आकार, शक्तिशाली इन्जिन र उन्नत अफरोड प्रविधिका कारण एमजी मेजस्टरलाई प्रिमियम एसयूभी खण्डको आकर्षक नयाँ विकल्पका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images