images
images
  • प्रि-ओपनमा नेप्से सामान्य घट्यो, २६४१.२७ विन्दुमा सीमित

    काठमाडौं– बुधबारको प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

    अघिल्लो कारोबार दिन मंगलबार ०.७९ अंकले बढेर २६४१.८५ विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि-ओपनमा ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा पुगेको हो।

    यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले घटेको छ।

    नेप्सेका अनुसार प्रि-ओपन सेसनमा ६३ वटा स्टकको ८९ पटक कारोबार हुँदा ३ करोड ६४ लाख ६२ हजार ३७३ रुपैयाँ २० पैसाबराबरको ५२ हजार १८२ कित्ता सेयर खरिद–बिक्री भएको छ।

    कारोबारमा सहभागी स्टकमध्ये २० वटाको मूल्य बढेको, ३६ वटाको मूल्य घटेको र ७ वटाको मूल्य स्थिर रहेको छ।

    प्रि-ओपनमा अधिकांश स्टकको मूल्य घटेपछि बजारमा सुरुवाती दबाब देखिएको हो। अब नियमित कारोबारमा लगानीकर्ताको गतिविधि र कारोबारको प्रवृत्तिले बजारको थप दिशा निर्धारण गर्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images