images
images
  • नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा ६ हजार ७ सय रुपैयाँले सस्तो

    काठमाडौं– नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारको तुलनामा सुन प्रतितोला ६ हजार ७ सय रुपैयाँले घटेको हो ।

    आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यस दिन सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको थियो ।

    चाँदीको मूल्य पनि बुधबार घटेको छ । मंगलबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तो भएको हो ।

    अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ३ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको अवस्था तथा लगानीकर्ताको मागका आधारमा नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक परिवर्तन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images