images
images
  • यातायात व्यवस्था सेवा कार्यालय इलामको राजस्व १४ करोड ६३ लाख, सवारी करबाट सबैभन्दा बढी आम्दानी

    काठमाडौं–  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा १४ करोड ६३ लाख ९६ हजार १४४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८१ लाख ९२ हजार ६२७ रुपैयाँ अर्थात् ५ दशमलव ६ प्रतिशतले बढी हो ।

    लेखा शाखा प्रमुख पूर्ण राईका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले १३ करोड ८२ लाख ३ हजार ५१७ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा ११ करोड ३२ लाख ६१ हजार ६७८ रुपैयाँ मात्र राजस्व उठेको थियो ।

    कार्यालयले सबैभन्दा बढी सवारीसाधन करबाट १० करोड ९३ लाख ९१ हजार १८४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट २ करोड ८ लाख ६४ हजार ४५० रुपैयाँ प्राप्त भएको छ ।

    यस्तै, यातायात क्षेत्रको अन्य आम्दानीबाट १ करोड २० लाख ६८ हजार ७९० रुपैयाँ सङ्कलन भएको लेखा शाखा प्रमुख राईले जानकारी दिए ।

    आयकरबाट ४० लाख ४ हजार ३२० रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३१ हजार ३०० रुपैयाँ, व्यवसाय रजिस्ट्रेसन दर्ता दस्तुरबाट ९ हजार १०० रुपैयाँ तथा अन्य प्रशासनिक सेवा शुल्कबाट २७ हजार रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।

    नेपाल–भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट मात्रै ९५ लाख २ हजार ९०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    कार्यालय प्रमुख गोपाल दाहालका अनुसार इलाम कार्यालयको कार्यक्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका जिल्लाबाट पनि सेवाग्राही सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेका छन् ।

    लगातार बढ्दो राजस्व सङ्कलनले यातायात सेवा विस्तार, सेवाग्राहीको चाप वृद्धि तथा कर दायरामा सवारीसाधनको समावेशीकरण बढ्दै गएको संकेत गरेको कार्यालयको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images