काठमाडौं– नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले विभिन्न क्षमताका स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा साउन २६ देखि ३१ सम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय सवारी प्रदर्शनमा राखिएका छन्।
कम्पनीका अनुसार यी ईभी भ्यान व्यावसायिक प्रयोग, विद्यालय तथा कलेजलाई लक्षित गरी तयार गरिएको हो। आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र राम्रो ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ।

११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट–घण्टा क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ। १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट–घण्टा ब्याट्री र ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ।
१६ सिट क्षमताको मिनी बसमा ५३.५८ वा ७० किलोवाट–घण्टा ब्याट्री, ८० वा १२० किलोवाट पिक पावर र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ।
चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा पनि उपलब्ध गराएको छ। यसले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय पहुँच दिने कम्पनीको विश्वास छ।
एक्स्पोमा सहभागी आगन्तुकले सवारीका विशेषता, रेन्ज र उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।



विश्व खबर 




















