काठमाडौं– राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु भएको छ। एक्स्पोको पहिलो दिनमै सर्वसाधारण तथा अवलोकनकर्ताको अत्यधिक भीड लागेको छ ।
नयाँ सवारीसाधन खरिद गर्न इच्छुक उपभोक्ता र सवारीसम्बन्धी जानकारी लिन आउनेहरूको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ ।
एक्स्पोमा ५५ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् । पहिलो दिन विशेषगरी बीवाइडी, एमजी, हुन्डाई, टियागो, डोङफेङ र जगदम्बा मोटर्सका गाडीमा सर्वसाधारण र सम्भावित खरिदकर्ताको मुख्य आकर्षण देखिएको छ ।
नयाँ मोडलका विद्युतीय तथा आधुनिक सवारीसाधन प्रत्यक्ष अवलोकन गर्न पाउने अवसर भएकाले एक्स्पोप्रति उपभोक्ताको उत्साह बढेको देखिएको छ । आयोजकका अनुसार आगामी दिनमा अझ बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















