काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी) पछिल्लो समय घाटाबाट नाफातर्फ फर्किएको छ । संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार डिडिसीले हाल दैनिक ८० हजार लिटर दूध बिक्री गर्दै करिब ८ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरिरहेको छ ।
संस्थानले ४४ जिल्लाबाट दैनिक ६१ हजार लिटर दूध सङ्कलन गरिरहेको छ । मौज्दात दूध धुलो र मक्खनको बिक्री बढेसँगै आम्दानीमा सुधार आएको डिडिसीले जनाएको छ ।
नयाँ व्यवस्थापन आउँदा किसानको ७२ करोड रुपैयाँ बक्यौता रहेकोमा अहिले त्यो ३५ करोड रुपैयाँमा झरेको छ । यस अवधिमा डिडिसीले किसानलाई ६० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेको छ ।
दैनिक दूध बिक्रीबाट आम्दानी ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको संस्थानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















