images
images
  • नेप्से लगभग स्थिर, कारोबार ४ अर्ब ११ करोड रुपैयाँ पुग्यो

    काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढ्दै लगभग स्थिर अवस्थामा बन्द भएको छ । सोमबार २६४१.०५ विन्दुमा बन्द भएको नेप्से आज ०.८० अंकले बढेर २६४१.८५ विन्दुमा पुगेको हो ।

    कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । सोमबार ३ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    आज ३४० वटा धितोपत्रका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर कारोबार भएका छन् । बजारमा १३३ कम्पनीको सेयरमूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

    अपर लोहोरे खोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४३६ रुपैयाँ ६० पैसा पुगेको छ । यस्तै, ७ प्रतिशत आरबिबिएल डिबेन्चर २०८८ को मूल्य ५.९२ प्रतिशतले बढेर प्रति डिबेन्चर १०५३ रुपैयाँ कायम भएको छ ।

    सबैभन्दा धेरै घट्नेमा महिला लघुवित्त रहेको छ । यसको सेयरमूल्य १४.९१ प्रतिशतले घटेर प्रतिकित्ता १३७० रुपैयाँमा झरेको छ । १० प्रतिशत प्राइम डिबेन्चर २०८८ को मूल्य पनि ४.१७ प्रतिशतले घटेर प्रति डिबेन्चर ११५० रुपैयाँमा सीमित भएको छ ।

    कारोबारका आधारमा मंगलबार सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको प्रतिकित्ता ६९३ रुपैयाँ २० पैसामा ४४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा २.५० प्रतिशतले घटेको छ ।

    सर्वाधिक कारोबार हुने दोस्रो कम्पनी रिडी पावर रहेको छ । यसको प्रतिकित्ता ३७७ रुपैयाँमा ३३ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    समूहगत परिसूचकतर्फ १३ मध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ । बजार स्थिर देखिए पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images