images
images
  • ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

    काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पो २०२६ को अवसर पारेर व्यक्तिगत सवारी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

    बैंकका अनुसार नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा प्राप्त गर्न सक्नेछन्। हालको आधारदरअनुसार न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । आधारदरमा हुने परिवर्तनअनुसार कर्जाको ब्याजदर स्वतः समायोजन हुनेछ ।

    विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकका लागि बैंकले थप विशेष योजना ल्याएको छ । नयाँ इभी गाडी खरिद गर्ने ग्राहकले तीन वर्षका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा लिन सक्नेछन् । तीन वर्षपछि भने बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थपिने व्यवस्था गरिएको छ ।

    नाइमा अटो एक्स्पोमा बैंकले आफ्नै स्टल सञ्चालन गरी इच्छुक ग्राहकलाई सोही स्थानबाट कर्जा आवेदन दिने सुविधा उपलब्ध गराएको छ । आवश्यक कागजात पूरा गरेपछि अधिकतम तीन दिनभित्र सवारी कर्जाको स्वीकृतिपत्र प्रदान गरिने बैंकले जनाएको छ ।

    ग्लोबल आइएमई बैंकले देशभर ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको उल्लेख गर्दै आधुनिक प्रविधि र ग्राहक सेवामा निरन्तर सुधार गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images