काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाइमा एक्स्पो २०२६’ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकले यस योजनाअन्तर्गत आधार दरमा शून्य प्रतिशत प्रिमियमसहित ५.५७ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने घोषणा गरेको हो ।
बैंकका अनुसार यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने जनाइएको छ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न छिटो, सहज र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
बैंकले देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत यो सुविधा उपलब्ध गराउने जनाएको छ । ‘नाइमा एक्स्पो २०२६’ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुसार सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यस योजनाले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप अवसर र सुविधा प्रदान गर्ने अपेक्षा गरेको छ ।


विश्व खबर 




















