images
images
  • नेपालको ५जी मार्गचित्र सार्वजनिक, २०३५ सम्म देशभर सेवा विस्तार गर्ने लक्ष्य

    काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्यान्ड सुधार योजना (नेपाल्स रोड टु ५जी)’ को मस्यौदा सार्वजनिक गर्दै सन् २०३५ सम्म देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।

    प्राधिकरणले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। प्रस्तावअनुसार सन् २०२७ सम्म देशभर मोबाइल ब्रोडब्यान्डको औसत गति कम्तीमा २० एमबीपीएस, सन् २०३० सम्म नगर क्षेत्रमा १०० एमबीपीएस र सन् २०३५ सम्म देशव्यापी ५जी पहुँच पुर्‍याउने लक्ष्य तय गरिएको छ।

    यसै आर्थिक वर्षदेखि प्रमुख शहरी क्षेत्रमा ५जी सेवा सुरु गर्ने तयारी गरिएको छ। सेवा प्रदायकलाई चरणबद्ध कार्ययोजना पेश गर्न निर्देशन दिइसकिएको प्राधिकरणले जनाएको छ।

    नेपाल टेलिकमले सन् २०२३ मा काठमाडौं, पोखरा र वीरगञ्जमा गरेको ५जी परीक्षणमा अधिकतम १ जीबीपीएससम्म डेटा गति प्राप्त भएको थियो।

    प्राधिकरणले ३जी सेवा चरणबद्ध रूपमा बन्द गरी ४जी र ५जीमा स्रोत केन्द्रित गर्ने रणनीति पनि प्रस्ताव गरेको छ। साथै शहरी क्षेत्रमा स्मल सेल, दुर्गम क्षेत्रमा एफडब्लूए र देशभर फाइबर तथा ब्याकहल पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images