images
images
  • चिलिमे हाइड्रोपावरको नाफा ६.४४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

    काठमाडौं– चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि भएको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७२ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६७ करोड ६५ लाख रुपैयाँको तुलनामा ६.४४ प्रतिशतले बढी हो।

    आम्दानीमा सामान्य सुधारसँगै कम्पनीको नाफा पनि बढेको देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कुल नाफा ५.३३ प्रतिशतले वृद्धि भएको छ।

    कम्पनीको सञ्चालन मुनाफा ६.२६ प्रतिशतले बढेको छ भने वित्तीय आम्दानी ०.८८ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

    नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा घटेर ७ रुपैयाँ ५९ पैसामा सीमित भएको छ।

    चौथो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.१५ गुणा कायम भएको छ।

    ९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ सञ्चित रहेको छ।

    कम्पनीले आफ्नो अगुवाइमा निर्माण अनुमति प्राप्त ८७ मेगावाट क्षमताको सेतीनदी–३ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसँग वित्तीय समापनको प्रयास भइरहेको जनाएको छ।

    प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसँग सहकार्य गरी १५ प्रतिशत शेयर लगानी गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।

    त्यस्तै, ९१ मेगावाट क्षमताको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना र ४५ मेगावाट क्षमताको स्यारखोला जलविद्युत आयोजनामा पहुँच सडक निर्माण तथा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता हुन नसकेका कारण निर्माण कार्य सुरु हुन नसकेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images