images
images
  • प्रधानमन्त्री बालेनले प्रमोट गरेयता डिडिसीको व्यापार ओरालोतर्फ, प्रतिलिटर दूधमा १० रूपैयाँ घाटा

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले डिडिसीको बिक्री बढेको र राजस्वमा सुधार आएको बताएका छन् ।

    तर डिडिसीका अधिकारी र पूर्वअधिकारीहरूका अनुसार बिक्री बढ्नु मात्र संस्थाको आर्थिक सुधारको संकेत होइन, किनभने दूधको बिक्री मूल्य उत्पादन लागतभन्दा कम छ ।

    डिडिसीले किसानबाट प्रतिलिटर करिब ७३.५ रुपैयाँमा दूध किन्छ ।

    प्रशोधन, प्याकेजिङ, कर्मचारी, व्यवस्थापन, कमिसन र ढुवानी जोड्दा लागत करिब ११० रुपैयाँ पुग्छ ।

    जबकि बिक्री मूल्य १०० रुपैयाँ मात्र भएकाले प्रतिलिटर करिब १० रुपैयाँ घाटा हुन्छ ।

    महिनामा करिब २४ लाख लिटर दूध बिक्री हुँदा मात्रै संस्थालाई करिब २ करोड ४० लाख रुपैयाँ घाटा पर्ने अवस्था छ ।

    अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा डिडिसीको खुद घाटा ४० करोड २१ लाख रुपैयाँ पुगेको छ ।

    डिडिसीले ४५ जिल्लाबाट दूध संकलन गर्नुपर्ने भएकाले टाढाका जिल्लाबाट दूध ल्याएर पाउडर बनाउँदा लागत अझ बढ्छ ।

    निजी डेरी उद्योगहरू भने नाफा हुने क्षेत्रमै केन्द्रित हुन सक्छन्, तर सरकारी संस्थान भएकाले डिडिसी सामाजिक दायित्वका कारण सबै क्षेत्रका किसानबाट दूध किन्न बाध्य छ ।

    चिज, दही, आइसक्रिम जस्ता उत्पादनमा केही नाफा भए पनि कुल कारोबारको ८० प्रतिशत हिस्सा दूधकै भएकाले त्यसले मुख्य घाटा थेग्न सक्दैन ।

    महालेखा परीक्षक र अर्थ मन्त्रालयका प्रतिवेदनले पनि डिडिसीको वित्तीय अवस्था कमजोर रहेको देखाएका छन् ।

    सञ्चित घाटा अर्बौं रुपैयाँ पुगेको, कर्मचारी दायित्व ठूलो रहेको र पुरानो मेसिनरीका कारण लागत बढिरहेको प्रतिवेदनहरूमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images