images
images
  • आज सुन तोलामा ६ हजार ४ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ । अघिल्लो दिन घटेको सुनको भाउ आज प्रतितोला ६ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७ सय ८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय १० रुपैयाँले बढी हो ।

    अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ। लगातारको उतारचढावका कारण सुनचाँदी बजारमा कारोबार गर्ने व्यवसायी तथा उपभोक्ता दुवै सतर्क बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images