images
images
  • नाडा एक्सपोपूर्व काठमाडौंका सडकमा देखियो चेरी क्यू, बढ्यो चासो

    काठमाडौं– बहुप्रतीक्षित विद्युतीय गाडी चेरी क्यू काठमाडौंमा औपचारिक सार्वजनिक हुनुअघि नै सडकमा देखिएपछि यसको चर्चा चुलिएको छ। सामाजिक सञ्जालमा गाडीका तस्वीर र भिडियो भाइरल हुन थालेपछि अटोमोबाइलप्रेमी र सर्वसाधारणको चासो थप बढेको हो।

    नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिका अनुसार चेरी क्यूको औपचारिक सार्वजनिक नाडा मोबिलिटी एक्सपो २०२६ मार्फत गरिनेछ। भृकुटीमण्डपमा अगस्ट ११ देखि १६ गतेसम्म आयोजना हुने एक्सपोमा यो गाडी पहिलोपटक नेपाली बजारमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

    नयाँ पुस्ताको स्मार्ट विद्युतीय गाडीका रूपमा प्रस्तुत गरिएको चेरी क्यूमा ४१.२ किलोवाट–आवर क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ४०० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

    गाडीमा ५४० डिग्री सराउन्ड क्यामेरा, १७५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ७० लिटरको फ्रंक स्टोरेज, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी उन्नत चालक सहायक प्रणाली समावेश गरिएको छ।

    शहरी प्रयोगलाई लक्षित गरी डिजाइन गरिएको चेरी क्यूलाई कम्पनीले अर्बन क्रसओभरका रूपमा प्रस्तुत गरेको छ। आकर्षक बाह्य डिजाइन, आधुनिक भित्री संरचना र स्मार्ट प्रविधिको संयोजनका कारण यो गाडी अन्तर्राष्ट्रिय बजारमा पनि चर्चामा रहेको कम्पनीको दाबी छ।

    चेरी क्यूले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको कम्पनीले जनाएको छ।

    नाडा मोबिलिटी एक्सपो २०२६ मा आगन्तुकले चेरी क्यूलाई नजिकबाट अवलोकन गर्नुका साथै यसको डिजाइन, प्रविधि र सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। औपचारिक सार्वजनिक हुनुअघि नै काठमाडौंका सडकमा देखिएसँगै चेरी क्यू एक्सपोका सबैभन्दा चर्चित विद्युतीय गाडीमध्ये एक बन्ने संकेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images