काठमाडौं– सोमबार सेयर बजार लगातार तेस्रो दिन घटेको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक ९.०४ अंकले घटेर २६४१ अंकमा झरेको हो। अघिल्लो कारोबार दिन पनि नेप्से ४.०५ अंकले घटेको थियो ।
आज बजार दिनभरजसो राताम्मे देखियो । कारोबार रकम सामान्य घटेको छ। अघिल्लो दिन ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकमा सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.७२, विकास बैंक ०.१२, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.७०, लगानी ०.६०, जीवन बीमा ०.६२, अन्य ०.४४ तथा व्यापार समूह ०.८६ प्रतिशतले घटे ।
यता जलविद्युत् ०.०६, उत्पादन तथा प्रशोधन ०.०४, लघुवित्त ०.१९ र निर्जीवन बीमा ०.०४ प्रतिशतले बढेका छन् ।
कारोबार रकमका आधारमा जलविद्युत् समूह सबैभन्दा अगाडि रह्यो। यस समूहमा १ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भयो। वाणिज्य बैंक समूहमा ३३ करोड, उत्पादन तथा प्रशोधनमा ३७ करोड तथा विकास बैंक समूहमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ । यस्तै दरामखोला जलविद्युत् ६.००, फर्स्ट माइक्रोफाइनान्स ४.६१, अपर हेवाखोला ४.४७ तथा एसवाई प्यानल ४.२१ प्रतिशतले बढेका छन् ।
सबैभन्दा धेरै घट्ने कम्पनीमा आत्मनिर्भर लघुवित्त ८.८७ प्रतिशत र सप्तकोशी विकास बैंक ७.४९ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर, रिडी पावर, फर्स्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक र आँखुखोला जलविद्युत् सबैभन्दा बढी कारोबार हुने कम्पनी बनेका छन् ।


विश्व खबर 




















