images
images
  • अप्पर सोलुको नाफा झन्डै दोब्बर, २० करोड ८७ लाख कमाइ

    काठमाडौं– अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा झन्डै शतप्रतिशत बढेको छ ।

    कम्पनीले गत असारसम्म २० करोड ८७ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीको खुद नाफा ११ करोड ३२ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

    विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धिले नाफा बढाउन सहयोग पुगेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ७३ करोड ८२ लाख ८६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ७२ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

    कम्पनीको जगेडा कोषमा पनि उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष ३ करोड ७० लाख ४१ हजार रुपैयाँ रहेको जगेडा कोष बढेर २५ करोड ६७ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

    १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि सुधारिएर ११९ रुपैयाँ २ पैसा पुगेको कम्पनीले जनाएको छ ।

    ऊर्जा उत्पादन र बिक्री स्थिर रूपमा बढ्दै जाँदा कम्पनीको वित्तीय अवस्था थप सुदृढ बन्दै गएको विश्लेषकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images