images
images
  • नबिल बैंकको वित्तीय सूचकहरूमा उल्लेख्य सुधार, नाफा ३३.५० प्रतिशतले बढ्दा लाभांश क्षमता कति ?

    काठमाडौं– नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    यो अवधिमा बैंकको वित्तीय सूचकमा निकै सुधार देखिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

    बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख रुपैयाँ रहेको छ ।

    बैंकले कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) घटाएको छ । अघिल्लो आवमा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएकोमा गत आवको सोही अवधिमा २ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ रहेको छ । जसले बैंकलाई नाफा बढाउन सहयोग गरेको छ ।

    बैंकको सञ्चालन नाफा २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ छ । सेयरधनीहरूलाई बैंकले १९ रुपैयाँ १० पैसा लाभांश दिन सक्नेछ ।

    बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो भनेको ५ अर्ब रुपैयाँको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार शेयर समेत हो । बैंकको जगेडा कोषमा ३९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

    बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख कर्जा लगानी गरेको छ ।

    बैंकको निष्कृय कर्जा ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images