images
images
  • ४ दिनपछि हरियो भयो सेयर बजार, कारोबार पनि बढ्यो

    काठमाडौं– लगातार चार दिन घटेको सेयर बजार शुक्रबार १२.९६ अंकले बढेर नेप्से परिसूचक २६८५ अंकमा पुगेको छ।

    आज ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ३ अर्ब ३८ करोडभन्दा बढी हो।

    १८० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनी घटेका छन् भने १३ कम्पनी स्थिर रहेका छन्।

    बैंकिङ, जलविद्युत्, होटल तथा पर्यटन, माइक्रोफाइनान्सलगायत अधिकांश समूहगत सूचक बढेका छन्।

    एभरेस्ट कलरको मूल्य १५ प्रतिशतले बढ्दा जोशी हाइड्रोपावर, अपर लोहोरेखोला र युनिभर्सल पावर पनि उल्लेख्य रूपमा उकालो लागे।

    यता बोटलर्स नेपाल बालाजु, कालिन्चोक हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य घट्यो।

    रकमका आधारमा रिडी पावर, ग्लोबल आईएमई बैंक र सेन्ट्रल फाइनान्स सबैभन्दा बढी कारोबार भएका कम्पनीमा परेका छन्।

    यद्यपि साताभरको हिसाबमा नेप्से अझै ४९ अंकले तल रहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images