images
images
  • राजावादीसँग छलफल गर्ने प्रधानमन्त्री बालेन गणतन्त्रवादीलाई बाइपास, पुराना दललाई दिँदैनन् भेट

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग औपचारिक संवाद र भेटघाट नगरेको तथ्य सार्वजनिक भएको छ ।

    कांग्रेस, एमाले र नेकपा लगायतका गणतन्त्रवादीसँग अहिलेसम्म औपचारिक भेट नभएको अवस्थामा उनले पहिलो राजनीतिक भेट भने राप्रपाका नेताहरूसँग गरेका छन् ।

    संसद् बैठक चलेको १०९ दिनमा प्रधानमन्त्री शाह जम्मा सात दिन मात्रै उपस्थित भएका छन् भने सदनमा एकपटक मात्रै बोलेका छन् ।

    पूर्वसंसद् सचिव राजेन्द्र फुयाँलले संसदीय प्रणालीमा प्रधानमन्त्री संसद् र विपक्षीप्रति उत्तरदायी हुनुपर्ने दायित्व पूरा हुन नसकेको टिप्पणी गरेका छन् ।

    यसबीच बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका राजावादी नेताहरूसँग भेटवार्ता गरेका छन् ।

    यो प्रधानमन्त्री बनेपछि उनको पहिलो औपचारिक राजनीतिक भेटका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images