काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेललाई हटाउनुपर्ने प्रस्ताव रास्वपा सभापति रवि लामिछानेसमक्ष राखेको स्रोतले जनाएको छ ।
असार २८ गते बूढानीलकण्ठमा भएको करिब चार घण्टाको भेटमा बालेनले सरकारका निर्णय अदालतबाट बारम्बार उल्टिएको भन्दै कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
साथै अर्थमन्त्री वाग्लेको कार्यशैली, बजेट, विद्युतीय गाडी भन्सार विवाद र शेयर बजारप्रतिको भूमिकालाई लिएर पनि आलोचना गरेका थि ए।
यता रवि लामिछानेले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई हटाई अनुभवी व्यक्तिलाई जिम्मेवारी दिन सुझाव दिएको स्रोतको दाबी छ ।
सल्लाहकारहरूको भूमिकाका कारण सरकार अनावश्यक विवादमा परेको भन्दै उनले असन्तुष्टि जनाएको बताइएको छ ।
दुवै नेताबीच सरकारको कार्यसम्पादन, मन्त्री, सल्लाहकार र पार्टीभित्रको समन्वयका विषयमा स्पष्ट र केही तिक्त संवाद भएको स्रोतको दाबी छ ।
यद्यपि सार्वजनिक रूपमा भने दुवैले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।






















