काठमाडौं– मन्त्रिपरिषद् बैठकले विभिन्न सात महत्त्वपूर्ण निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
मुख्य निर्णयहरू :
१. मिटरव्याज पीडितसँग वार्ताका लागि सचिव पुष्कर सापकोटाको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली गठन ।
२. १ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति ।
३. नेपाल कानुन सूचना पाइलट प्रणालीका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान स्वीकार ।
४. संरक्षित क्षेत्रभित्र आवश्यक परे कानुनी प्रक्रिया पूरा गरी थप रुख तथा पोल हटाउन सम्बन्धित मन्त्रालयलाई स्वीकृति दिने व्यवस्था ।
५. विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत ।
६. ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३’ स्वीकृत ।
७. सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत ।






















