काठमाडौं– एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालत काठमाडौंमा दर्ता गर्ने तयारी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ता गर्न लागेको हो ।
प्रतिवादीमध्ये ८ जना व्यक्ति र ८ वटा कम्पनी रहेका छन् ।
कम्पनीहरूलाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको जनाइएको छ ।
पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै, शुभी अग्रवालविरुद्ध १३ करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान पूरा गरी तीन दिनअघि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















