images
images
  • रास्वपा सरकारले सांसदका लागि ब्युतायो स्वकीय, राज्यको ढुकुटीबाट करोडौं तलब–भत्ताको व्यवस्था

    काठमाडौं– सरकारले संघीय सांसदलाई पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ ।

    मन्त्रिपरिषद्को निर्णयसँगै यसअघि हटाइएको सुविधा पुनः कायम हुने भएको हो ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्ने निर्णय गरिएको छ ।

    संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भएपछि सांसदहरूले स्नातक तह उत्तीर्ण, अधिकृत सरह योग्यता भएका स्वकीय सचिव नियुक्त गर्न सक्नेछन् ।

    यसका लागि सरकारले राज्यको ढुकुटीबाट करोडौं तलब–भत्ताको व्यवस्था गरेको छ ।

    यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले उक्त सुविधा खारेज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images