काठमाडौं– सरकार गठन भएको करिब साढे तीन महिनामै सत्तारुढ रास्वपाभित्र असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।
आफ्नै सांसदहरूले प्रधानमन्त्री, मन्त्रीहरूको कार्यशैली, किसानले मल नपाएको समस्या, सुकुमवासीमाथिको व्यवहार, प्रेस स्वतन्त्रता, सीमा क्षेत्रमा कर, सडक सुरक्षा, ट्राफिक जरिवाना, सुशासन र सार्वजनिक सेवाको प्रभावकारितालगायत विषयमा संसद्, संसदीय समिति र सामाजिक सञ्जालमार्फत सरकारको खुलेर आलोचना गरेका छन् ।
सांसदहरूले विगतलाई दोष दिएर वर्तमानका कमजोरी ढाक्न नमिल्ने, जनताका समस्या तत्काल सम्बोधन गर्नुपर्ने तथा सरकार जनउत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् ।
यसले सरकारको १०० दिनपछि नै सत्तापक्षकै सांसदबाट सरकारमाथि दबाब बढ्न थालेको संकेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















