images
images
  • होर्मुज बन्द गरेर इरानले वर्षायो एकैपटक ६ देशमा मिसाइल, कयौँ अमेरिकी सैनिक मारिएको दाबी

    काठमाडौं– अमेरिकी हमलाको जवाफस्वरूप इरानले आइतबार पश्चिम एसियाका ६ देशमा रहेका अमेरिकी सैन्य अड्डा र रणनीतिक संरचनालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन हमला गरेको जनाएको छ ।

    इरानका अनुसार जोर्डन, कुवेत, कतार, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरू निशानामा परेका हुन् ।

    यसअघि अमेरिकाले होर्मुज स्ट्रेटमा इरानी हमलापछि इरानका करिब १४० सैन्य लक्ष्यमा बमबारी गरेको दाबी गरेको थियो ।

    बमबारीमा कयौँ अमेरिकी सैन्य मारिएको इरानले दाबी गरेको छ ।

    आक्रमणपछि इरानले अर्को आदेश नआएसम्म होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गर्दै त्यसको उल्लंघन गरे कारबाही गरिने चेतावनी दिएको छ ।

    इरानका सर्वोच्च नेताका सल्लाहकार मोहसिन रेजाईले होर्मुज स्ट्रेटलाई राष्ट्रिय सुरक्षा र रणनीतिक प्रतिरक्षाको महत्त्वपूर्ण साधन भएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images