images
images
  • इरानले हत्या गर्न सक्ने भयमा अमेरिकी राष्ट्रपति ट्रम्प

    काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो हत्या गर्ने योजना बनाइरहेको दाबी गर्दै यस्तो प्रयास भए इरानमाथि अभूतपूर्व सैन्य जवाफी कारबाही हुने चेतावनी दिएका छन् ।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानले आफूलाई विश्वको जुनसुकै स्थानमा मार्ने धम्की दिएको उल्लेख गर्दै अमेरिकी सेना त्यसको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

    यसअघि एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले आफ्नो नाम इरानको ‘हिटलिस्ट’को शीर्षमा रहेको दाबी गरेका थिए ।

    यसैबीच, इजरायली सञ्चारमाध्यमका अनुसार अमेरिकाले इजरायलमा तैनाथ केही एफ–२२ स्टिल्थ लडाकु विमान फिर्ता बोलाउन थालेको छ ।

    उता ट्रम्पले इरानले वार्ता जारी राख्न आग्रह गरेको र अमेरिकाले त्यसलाई स्वीकार गरेको बताएका छन् ।

    रोयटर्सका अनुसार कतारका वार्ताकारहरू इरानमा सक्रिय छन् र क्षेत्रीय तनाव कम गर्दै अमेरिका–इरानबीच व्यापक वार्ताको वातावरण बनाउन प्रयास भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images