काठमाडौं– इरानले आफ्नो एयर डिफेन्स प्रणालीले अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ ।
यद्यपि, अमेरिकाले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
इरानले अमेरिकाले आफ्ना सैन्य तथा आणविक पूर्वाधारलाई लक्षित गरी हमला गरेको आरोप लगाउँदै होर्मुज स्ट्रेटमा तनाव बढे विश्वव्यापी अर्थतन्त्र र तेल आपूर्तिमा गम्भीर असर पर्ने चेतावनी दिएको छ ।
जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य केन्द्रहरूमा मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।
यसैबीच, दक्षिणी इरानका बुशहर, कोनारक र सिरिक क्षेत्रमा विष्फोट भएका छन् ।
अमेरिकाले भने पछिल्ला विष्फोटमा आफ्नो संलग्नता अस्वीकार गर्दै कूटनीतिक समाधानको पक्षमा रहेको जनाएको छ ।
तनावका कारण होर्मुज स्ट्रेटबाट तेल ट्याङ्करको आवतजावत प्रभावित भएको छ ।
यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव ल्याएको छ भने विश्व ऊर्जा आपूर्तिप्रति चिन्ता बढाएको छ ।


विश्व खबर 




















