काठमाडौं– प्रदीप खड्का र सुनिशा भट्टराईको ‘शुभ विवाह’को सुटिङ सकिएको छ।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘शुभ विवाह’को सुटिङ ४० दिनमै सकिएको हो। लामो समयपछि सुदर्शन थापा र प्रदीप खड्काबीच ‘शुभ विवाह’ मा सहकार्य भएको हो। ‘प्रेम गीत’ पछि सुदर्शनले प्रदीपसँग दोस्रो सहकार्य गरेका हुन्।
पोखरामा पूजाअर्चनाबाट सुरु भएको छायांकन ४५ दिनको सेड्युल थियो, तर ४० दिनमै प्याकअप भएको छ। चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अन्शु महर्जनलगायतका कलाकारको अभिनय छ।
‘शुभ विवाह’को कथा प्रदीप श्रीवास्तव, पटकथा र संवाद रामशरण पाठक, संगीत अर्जुन पोखरेलको छ। चलचित्रको रिलिज फागुन २१ गते हुने भएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















