images
images
  • प्रधानमन्त्री बालेनभन्दा अगाडि भारत जाँदै गृहमन्त्री गुरुङ

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भ्रमण अगाडि नै गृहमन्त्री सुधन गुरुङले भारतको भ्रमण गर्ने भएका छन्। आफ्नो पहिलो विदेश भ्रमणको रुपमा गृहमन्त्री गुरुङको असोज २६ गते भारतको नयाँदिल्ली जाने भएका हुन्।

    गृह मन्त्रालयका अनुसार उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुग्नेछन्।

    भ्रमणको क्रममा उनले भारतीय समकक्ष अमित शाहसँग असोज २७ गते भेटवार्ता गर्ने तय भएको बुझिएको छ।

    प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र रुपमा चलिरहेकै बेला गृहमन्त्री गुरुङ भारत जाने निश्चित भएको छ । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने भएका छन् ।

    प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले तयारी अगाडि बढाइरहेको छ। परराष्ट्रले विभिन्न मन्त्रालयहरूसँग छलफल गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images